Logo

नेता लेखकको पहलमा कञ्चनपुरमा स्वास्थ्य सामग्री हस्तान्तरण



कञ्चनपुर, ५ असार । नेता लेखकको पहलमा कञ्चनपुरमा ५७ थान पिपिइ सहित स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको पहलमा बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड-१९ बिरुद्ध काम गरिरहेका कंचनपुर जिल्लाका बिभिन्न स्वास्थ केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि ५६ थान पिपिइ सहित स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेस कञ्चनपुर मार्फत कंचनपुर जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका स्थानीय तहअन्तर्गत स्वास्थ्य केन्द्र हरुका लागि क्षेत्र नम्बर-१ मा १३ थान, क्षेत्र नम्बर-२ मा १३ थान र क्षेत्र नम्बर-३ का लागि ३१ थान पिपिइ सहित सेनिटाइजर, सर्जिकल मास्क र एन-९५ मस्क जिला कार्य समिति कंचनपुरको तर्फबाट प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेस कंचनपुरका सभापति हरिप्रसाद बोहोरा सहित जिल्ला सचिव दिवाकर पाण्डे, जिल्ला कोसाध्यक्ष शंकर बहादुर चन्द, क्षेत्र नम्बर-३ का सभापति गोपालदत्त भट्ट, कांग्रेस नेता यज्ञ राज जोशी, बेल बहादुर राना लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय कंचनपुरमा पुगेर हस्तान्तरण गरेका हुन । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै जिल्ला सभापति हरि प्रसाद बोहोराले नेपाली कांग्रेसले महामारीका रोकथामका लागि गरिने हरेक कार्यमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।

प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले प्रमुख प्रतिपक्षी दलको तर्फ बाट गरिएको सहयोगको लागि नेता लेखक सहित नेपाली कांग्रेस कंचनपुर जिल्ला कार्य समिती लाई धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनहरुमा पनि महामारी विरुद्धको कार्यमा सहयोगको लागि आग्रह गरेका थिए ।

पछिल्लो समय कंचनपुरमा कोरोना प्रकोप बढदै गएको, रोकथामका लागि सरकार उदासिन बनेको, परीक्षणको गति न्यून भएकोमा चिन्ता व्यक्त गर्दै नेता लेखकले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै विभिन्न निकायहरू सङ्ग पहल गरिराखेकोमा जिल्लाबाट स्वास्थ्य सुरक्षा सामग्रीहरुको पनि अभाव रहेको भन्ने व्यापक जन गुनासो आएपछी नेता लेखकको पहलमा स्वास्थ्य सुरक्षा सामग्री कंचनपुर पठाइएको र थप सहयोगको प्रतिबद्धता पनि व्यक्त गरेको नेता लेखकका सहयोगी जनक भट्टले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्