एजेन्सी ५ असार : भारत र चीनबीच पूर्वी लद्दाखमा दुवै पक्ष बीचको झडपमा भारतका बीस सैनिक मारिएका थिए। उक्त घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक आव्हानमा गरेका थिए।
बैठकमा प्रमुखप्रतिपक्षी दल लगायत अन्य २० दल सहभागी भएका थिए। उक्त घटनालाइ लिई विपक्षी कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले उक्त आक्रमणको सुचना सरकार कहिले आएको भन्दै जवाफ मागेकी थिइन् । बैठकमा अध्यक्ष गान्धीले स्याटेलाइट तस्बिर र गुप्तचर रिपोर्टलगायतका विषयमा भारतीय प्रधानमन्त्री मोदी सामु प्रश्न औल्याएकी थिइन् ।चीनसँगको सीमा विवादका क्रममा मारिएका भारतीय सैनिकको सम्पूर्ण विषय अझै बाहिर नआएकोमा र सरकारले बैठक राख्न ढिला गरेको कारण हामी अन्धकार तीर धकेलिएको गुनासो पोखिन् । उक्त क्षेत्रमा विवाद पछिको अवस्था र सामान्य अवस्थामा फर्किन कति समय लाग्ने विषयमा केन्द्रित रही सरकार संग जवाफको अपेक्षा राखेकी थिइन्।Photo Source :’ Times Now News