काठमाडौं, असार ६ । अहिले विहान ९ बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्ने भएको छ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) लगायतको विषय छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको नेकपा सचिवालय स्रोतले जनाएको छ।
एमसीसीको विषयमा विवाद चर्कीदै गएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले तयार पारेको बुझाएको प्रतिवेनमा एमसीसी परिमार्जन गरेर मात्र संसद बाट पारित गर्नुपर्ने सुझाव छ। उक्त कार्यदलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल सदस्य थिए।
नेकपाले एमसीसी प्रकरणलगायत विषयमा छलफल गर्न आगामी बुधबार स्थायी समितिको बैठक बोलाइसकेको छ।