Logo

नेकपा सचिवालय बैठक सम्पन्न, विवाह भएको ७ वर्षपछिमात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय



काठमाडौं, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नागरिकता विद्येयकको विषयमा छलफल भएको थियो ।

आजको बैठकमा वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात बर्ष पूरा भएको र सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रष्ठले जानकारी दिए । लामो समयदेखि प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको सो विधेयकबारे समितिमा सहमति जुट्न नसकेका स्थितिमा नेकपाले आफ्नो धारणा स्पष्ट गरेको हो ।

समितिमा उक्त प्रावधान राख्न प्रस्ताव आएकामा विपक्षी दलले त्यति लामो अवधि राख्न नहुने बताउँदै आएका छन् । प्रवक्ता श्रेष्ठले त्यस्तो नागरिकता प्राप्त गर्न ती व्यक्तिले सम्बन्धित देशको नागरिकता परित्याग गरेको प्रक्रिया आरम्भ गरेको हुनुपर्ने पनि निर्णय गरिएको बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो । Photo By: Mukunda Kalikote/ReportersNepal.Com



प्रतिक्रिया दिनुहोस्