एजेन्सी, ६ असार । विश्वमा को शक्तिशाली छ ? कस्ले विश्व हाँकिरहेको छ ? धेरैका लागि उत्तर आउन सक्छ अमेरिका । वासिङ्टन डीसीबाट विश्व चलिरहेको भन्नेहरु नभएका होइनन् । तर, यो विश्वास गर्नु भनेको गम्भीर गल्ती भएको रुसका एकजना वरिष्ठ अधिकारीको भनाई छ ।
रुसी खुफिया एजेन्सीका निर्देशक समेत रहेका रुसी ऐतिहासिक समाजका अध्यक्ष सेरगेई नारिस्किनले शुक्रबार बीबीसीसँगको अन्तवार्तामा धेरै पश्चिमा राजनीतिज्ञहरुले समस्त विश्व वासिङ्टनबाट शासित रहेको विश्वास गरेर भुल गरिरहेको टिप्पणी गरेका हुन् । उनले भने, ‘मलाई लाग्छ कि केही पश्चिमा राजनीतिज्ञहरुको गलत विश्वास रहेको छ । उनीहरु सँसार एउटै केन्द्र वासिङ्टनबाट शासित रहेको ठान्दछन् ।’
कुनैपनि देशले सँसारलाई शासन गर्न खोज्यो भने निश्चित रुपमा दुर्घटनाबाट सकिन्छ भन्ने इतिहासले पाठ पढाएको छ । उनले विश्व युद्धमा नाजी जर्मनी दुर्घटनामा परेको उल्लेख गरे ।-Photo Source: TASS