Logo

चीनद्वारा भारतीय फौजमाथि जानीजानी उत्तेजना फैलाउन खोजेको आरोप



एजेन्सी, ६ असार । चीनले भारतीय फौजमाथि लदाखको गलवाल क्षेत्रमा भएको झडपमा पहिलोपटक आधिकारिक टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले भारतीय फौजले जानीजानी उत्तेजना फैलाउन खोजेको आरोप लगाएका छन् ।

यद्यपि उनले चिनियाँ पक्षमा भएको हताहतीबारे कुनै खुलाएनन् । निरन्तरको ट्वीटबाट झाओले गलवान उपत्यका चिनियाँ भुमि भएको उल्लेख गरेका छन् । उनले भारतीय फौजले सिमा क्षेत्र नाघेर नियोजित रुपमा उत्तेजना बढाउन खोजेपछि झडप भएको बताए । उनले भारतीय फौजले सहमतिका लागि छलफलमा गएका चिनियाँ अधिकृत र सैनिकमाथि हिंसात्मक आक्रमण गरेपछि घटना भएको बताएका छन् ।
भारतले गलवान उपत्यकामा अप्रिल देखि सडक, पुललगायत पूर्वाधार बनाइरहेको झाओले बताए ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कुनैपनि विदेशी सैनिक भारतीय सिमा पार नगरेको बताएका थिए । उनले भारतले कुनैपनि भुमि नगुमाएको स्पष्ट पारेका थिए ।  भारतले आवश्यक परे आफ्नो सीमाको सैन्य बलबाट रक्षा गर्ने बताएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot