Logo

नेपालीसँग विवाह गर्ने बिदेशी महिलाले सात वर्षपछि मात्र नागरिकता पाउने पक्षमा नेकपा



काठमाडौं, ६ असार । नेपालीसँग विवाह गर्ने बिदेशी महिलाले सात वर्षपछि मात्र नेपाली नागरिकता पाउने ऐनको पक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी उभिएको छ । नेकपाले यससम्बन्धमा शनिबार निर्णय गरेको हो ।

नागरिकतासम्बन्धि बिधेयक हाल संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहँदा सत्तारुढ पार्टीले यसबारे निर्णय गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

समितिमा नेकपाकै बाहुल्यता भएकाले नेकपाको निर्णयअनुसार नै ऐन बन्ने लगभग निश्चित छ ।शनिबार बसेको नेकपाको बैठकले सात वर्षपछि नागरिकता दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस्