Logo

प्रधानमन्त्रीले भनेको बेसारमा २७ करोड विदेश जाने रहेछ



काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्ध लड्न बेसारको प्रयोग उत्तम हुने भनिदिए । कतिले हाँसोमा उडाए त कत्तिले मान्छे यस्तै हुन् भने । ओलीका अन्धभक्त बेसार खान भन्दै फेसबुकमा लेख्न थालेका छन् ।

तर, देशमा बेसार उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको तथ्यांकले देखाउँछ । कुनैबेला नेपाल बेसार निर्यात गर्ने देश थियो अहिले उल्टो भएको छ । वार्षिक २७ करोडको बेसार आयात भएको तथ्यांक छ ।

भन्सार विभागको तथ्यांकले गत आर्थिक बर्ष २६ करोड १९ लाख ७० हजार रुपैयाँ बराबरको बेसार आयात भएको देखाएको छ । चालु आर्थिक बर्षको बैशाखसम्म २७ करोड ९६ लाख ११ हजार रुपैयाँ बराबरको बेसार आयात भइसकेको छ ।

गत बर्ष जम्मा ६ लाख ८१ हजार ६ सय ५० रुपैयाँको बेसार निर्यात भएको थियो भने चालु आर्थिक बर्षमा ३७ हजार ८ सय रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । करोडौंको बेसार आयात गरेर केही हजारको निर्यात गर्ने देशमा नेपाल परेको छ ।



प्रतिक्रिया दिनुहोस्