Logo

सरिता गिरीको विवादास्पद टिप्पणी- ‘मधेशको दक्षिणमा भारत नभइदिएको भए मधेशीलाई लखेटेर भगाइन्थ्यो’



काठमाडौं, ६ असार । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालको दक्षिणमा भारत नभइदिएको भए अधिकांश मधेशीलाई लखेटेर भगाइन्थ्यो भनी टिप्पणी गरेकी छिन् । उनले नागरिकता विधयेकबारे टिप्पणी गर्दै ‘भुटानबाट नेपालीलाई लखेटे जसरी मधेशीलाई लखेटिन्थ्यो’ भनी टिप्पणी गरेकी हुन् ।

‘नेपालको मधेशको दक्षिण मा भारत न भयी दिएको भए अधिकांश मधेशी लाई यहाँबाट त्यसरीनै लखेटेर भगाइन्थियो जसरी भूटानबाट नेपालीलाई लखेटी भगाइएको छ,’ गिरीले ट्वटीटर पेजमा लेखेकी छिन्, ‘यो मेरो भोगाई र बुझाई छ । अहिलेको नागरिकता विवाद पनि त्यस उद्देश्य का लागि नै जन्माइएको छ ।’

नागरिकता विधयेकमा विदेशी विवाहित महिलाले ७ वर्षपछि मात्र नेपालको नागरिकता पाउने प्रावधानमा नेपाल कम्युनिस्ट पार्टीले निर्णय गरेपछि गिरीको भनाई आएको हो । उनी भारतसँगको सिमा विवादमा लिपुलेक नेपालको होइन भनी बोलेर विवादमा आएकी छिन् । उनले संसदमा उक्त प्रस्तावको विपक्षमा प्रस्तुत भई पार्टी ह्वीप समेत नमानेर मतदानमा अनुपस्थिती जनाएकी थिइन् ।

यसैगरी, गिरील आफूविरुद्ध दुई मोर्चाबाट कदम चाल्न लागिएको बताएकी छिन् । उनले सांसद सदस्यता खारेज गर्ने देखि राजद्रोहको मुद्दा लगाउन खोजिएको बताएकी हुन् ।

आज एकपछि अर्को ट्वीट गर्दै उनले लेखेकी छिन्, ‘अब मेरोविरुद्ध दुई मोर्चाबाट काम हुँदैछ । एउटा तर्फबाट सांसद पद खारेज गर्ने र अर्कोतर्फबाट राजद्रोहको मुद्दा चलाउने । हेरिरहेको छु अब के हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot