Logo

भारत-चीन विवादमा नेपाल बोल्यो, समस्याको शान्तिपूर्ण समाधानको आशा (विज्ञप्तिसहित)



काठमाडौं, ६ असार । भारत र चीनबीच लदाखको गलवान उपत्यका क्षेत्रमा भएको विवादमा नेपाल बोलेको छ । आज परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत् शान्तिपूर्ण माध्यमले समस्या समाधानको आशा व्यक्त गरेको छ ।

नेपाल सधै क्षेत्रीय र विश्व शान्तिको पक्षमा उभिएको भन्दै द्विपक्षीय असमझदारी हट्ने विश्वास व्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आफ्ना दुवै छिमेकीले द्विपक्षीय असमझदारी द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति र स्थायित्वको हितमा शान्तिपूर्ण माध्यमले समाधान गर्नेमा विश्वस्त छ ।’

भारत र चीनबीच गलवान उपत्यकामा गत सोमबार झडप भएको थियो । त्यस क्रममा भारतका तर्फमा २० सैनिकको मृत्यु भएको थियो । चीनतर्फ भएको हताहतीको जानकारी आएको छ ।

दुई देशबीच हिंसात्मक झडपपछि युद्धको खतरा बढ्दै गएको छ । दुवै देशले सिमा क्षेत्रमा सैन्य उपस्थिति बढाएका छन् । यस्तो अवस्थाबीच नेपालको पछिल्लो विज्ञप्तिलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्