Logo

लकडाउनमा करणी बढ्यो, अभियुक्त धमाधम पक्राउ



काठमाडौं, ६ असार । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भुनेश्वनर सरदार शुक्रबार दिउँसो पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमानगर कंकालिनी नगरपालिकाका सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

कंचनरुप नगरपालिका स्थित बालक्लवको खाली कोठामा ती किशोरीलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनरुपबाट खटिएको प्रहरीले सरदारलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै कन्चनपुरमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका सुकासालका बैतडी मेलौली घर भएका बीरेन्द्र दयाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले दयाललाई पक्राउ गरेको हो ।

यसैगरी भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका बोडो काभ्रे भुम्लु गाउँपालिका घर भएका सोम राज परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई बिहीबार साँझ सोही ठाउँस्थित निलबाराही जङगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले सोमराजलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्