Logo

४ लाख ६५ हजारको मृत्यु, करिब ८९ लाख संक्रमित



असार ७, काठमाडौं (राति १ बजे)। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ६५ हजार पुगेको छ ।

विश्वभरका ८८ लाख ५३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ४७ लाख १३ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै संक्रमितमध्ये ५४ हजार ५ सय १ जनाको अवस्था गम्भीर रहेको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख २१ हजार ७ सय ३५ पुगेको छ । बितेको २४ घण्टामा १८ हजार ५ सय ६५ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख १५ हजार ८ सय पुगेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय २८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ४९ हजार १ सय ५६ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ४ हजार ६ सयमा कोरोना संक्रमण देखिएको र ६६ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १० लाख ४३ हजार १ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै रसियामा हालसम्म ५ लाख ७६ हजार ९ सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ७ हजार ८ सय ८९ जनामा कोरोना संक्रमण देखिएको र १ सय ६१ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा ८ हजार २ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा १३ हजार ३ सय ४६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख १२ हजार पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १३ हजार ३ सय ४६ जनाको ज्यान गएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ३ सय ७६ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ हजार ५ सय ८९ पुगेको छ । बितेको २४ घण्टामा १ हजार २ सय ९५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार १ सय १० पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय २८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै स्पेनमा बितेको २४ घण्टामा ३ सय ६३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९३ हजार १८ पुगेको छ । हालसम्म २८ हजार ३ सय २२ जनाको कोरोनाको कारण ज्यान गएको र बितेको २४ घण्टामा मात्र ७ जना मृतक थपिएका छन् ।

त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ हजार ६ सय ६० पुगेको छ । हालसम्म २ लाख ४७ हजार ९ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ६ सय १० पुगेको छ । बितेको २४ घण्टामा २ सय ६४ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३८ हजार २ सय ७५ पुगेको छ ।

कोरोना भाइरस अहिलेसम्म २ सय १३ वटा देशमा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्