Logo

गुडिरहेको जीप पुरीयो एक जनाको घटनास्थलमा नै मृत्यु



तिलाचन पाण्डे, ७ असार । गुल्मीमा पहिरोमा गुडिरहेको जीप पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नं ३ को हाडहाडेदेखि धनमुढा जाने क्रममा ग १ ज ३९९७ नं. को जीप चुना ओडारमा माथिबाट आएको पहिरोले पुरिएको हो । पहिरोमा परी हाडहाडेका अन्दाजी १८ वर्षका तुलसीराम काउछाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।

पहिरोमा परी सोही स्थानकै जीप चालक अन्दाजी २० वर्षका प्रदीप पुन र २५ वर्षका रमेश राना गम्भीर घाइते भएका छन । घाइतेहरूको उपचारका लागि अर्घाखाँची पठाइएको प्रहरीले जनाएको छ । जीपमा सवार अन्य तीन जनालाई सामान्य चोट लागेकाले उनीहरूलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस्