Logo

कोरोना संक्रमितको डरले पानी ट्यांकीमा छाडेको करेन्ट लागेर महिलाको मृत्यु



डोटी, असार ७ । डोटीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका –७ की २६ वर्षीया तुल्सी थापा बाघको धारामा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। कोरोना संक्रमितहरु धारामा नुहाउन आउने भन्दै स्थानीयले पानी ट्यांकीमा छाडेको करेन्ट लागेर उनको मृत्यु भएको डोटी प्रहरीले जनाएको छ ।

स्थानीय १९ वर्षीय सुर्ज किमाडीले धारामा भारतबाट आएका कोरोना संक्रमित पानी भर्न आउने गरेको भन्दै पानीको ट्याङ्कीमा बिजुलीको तार राख्दो उक्त घटना हुन गएको स्थानीयले बताएका छन्। सार्वजनिक करेन्ट छाडेको किमाडीले स्विकार गरेको डोटी प्रहरीले जनाएको छ ।

करेन्ट छाड्ने किमाडीलाई ईलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको डोटीका प्रहरी नायब उपरीक्षक इन्द्र मल्लले बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot