एजेन्सी, ७ असार । बेलायतमा एकजना लिबियालीले अन्धाधुन्दा धारिलो हतियार प्रहार गरी तीनजनाको हत्या गरेका छन् । घटनामा मानिसहरु घाइते समेत भएको बुझिएको छ ।
बीबीसीका अनुसार घटनामा संलग्न २३ वर्षीय लिबियाली पक्राउ परेका छन् । आक्रमणको उद्देश्य अझै थाहा हुन सकेको छैन ।
फेरबुरी गार्डेनमा भएको घटनाबारे प्रहरीले कुनै औपचारिक जानकारी भने गराएको छैन । प्रतिआतंकवादी निकायका अधिकारीहरु घटनास्थल पुगेको बताइएको छ । प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै बीबीसीले हमलाकारी मानिसहरुको समुह समुहमा पुगेर आक्रमण गरेका थिए ।-Photo Source: Agency