Logo

तनहुँमा संक्रमितको चाप बढ्दो, आइसोलेसनले थेग्न सकेन



तनहुँ, ७ असार । तनहुँमा आइसोलेसनको क्षमताभन्दा बढी कोराना संक्रमित भएका छन् । दमौली लगायतका ठाउँमा निरन्तर संक्रमितको सख्या बढेसँगै तोकिएका आइसासेलेसनले नधान्ने अवस्था आएको हो । संक्रमितको सख्या दिनहुँ बढ्दै गएकोले तनहुँमा स्थानीय तहमै उपयुक्त ठाउँलाई आइसोलेसनका रुपमा प्रयोग गरिने भएको छ ।

तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रको आइसोलेसनमा अहिले १० जना छन् । २० जना क्षमता रहेको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रको आइसोलेसनमा हाल १० जना छन् । दमौलीमा रहेको दमौली अस्पतालको आइसोलेसनमा आठ जना क्षमता भए पनि १५ जना बसिरहेका छन् । यस्तोमा घिरिङ गाउँपालिकामा १७, ऋषिङ गाउँपालिकामा २१ अनि व्यास र शुक्लागण्डकी नगरपालिकामा दुई(दुई जनामा पोजिटिभ देखिएपछि उनीहरुलाई राख्नकै लागि तत्काल स्थान अभाव देखिएको छ ।

यसअघि घिरिङका १७ जनालाई जीपीको आइसोलेसनमा राख्ने भनिए पनि फेरि ऋषिङमा पनि ठूलो संख्याका संक्रमित देखिएपछि उनीहरुकै लागि राख्ने ठाउँ अभाव देखिन लागेकाले झनै थपिने अवस्था कठिनाइपूर्ण हुने प्रशासनको अनुमान छ । यसै आधारमा अब देखिने संक्रमितलाई आफ्नै तहमा आइसोलेसन बनाएर राख्नका लागि कोभिड कमाण्डले सुझाव दिएको छ । ऋषिङ र घिरिङमा धेरै संक्रमित देखिंदा र पानी परिरहँदा आइसोलेसनमा ल्याउनै कठिन हुने भएकाले यस्तो विकल्प अघि सार्न लागिएको हो ।

शुक्रबार प्रशासनले घिरिङका संक्रमित लिन पठाएको मिनीबस बाटो खराब रहेको भन्दै बीचबाटै फर्केको थियो । यातायातको सहजता र ठाउँ अभाव दुवैका आधारमा तहगत रुपमै व्यवस्थापनको तयारी प्रशासनले गर्न लागेको हो । ‘संख्या बढिरहँदा र भएको पूर्वाधार कम भएकाले स्थानीय तहका उपयुक्त ठाउँलाई नयाँ आइसोलेसन बनाउन लागेका हौं,’ प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले अन्नपूर्णसँग भने,‘अब ऋषिङ र घिरिङका संक्रमितलाई त्यहीं आइसोलेसन तयार पार्छौं ।’ तर घिरिङ १का वडाध्यक्ष गंगा कुमालले भने आइसोलेसन बनाउने हो भने मापदण्ड पूरा गरेर मात्र गर्नुपर्ने माग गरको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्