Logo

पहिरोमा पुरिएका चालकको मृत्यु



गुल्मी, असार ७ । पहिरोले जीप पुर्दा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका –३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ । उनको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताएका छन्।

दुर्घटनामा परी घाइते भएर उपचारत २७ वर्षीय रमेश राना भने उपचारपछि घर फर्केका छन्। अर्घाखाँचीको सन्धिखर्कबाट धुर्कोट –३ हाडहाडेतर्फ जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप शनिबार अपराह्न सडकमाथिबाट खसेको पहिराले पुर्दा धुर्कोट– ३ का १९ वर्षीय तुल्सीराम काउछाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा परी घाइते भएका अन्य तीन जनाको भने सामान्यावस्था छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot