Logo

जनस्वास्थ्य प्रयोगशालमा लाईसेन्स नलिएका माईक्रोबायोलोजिष्टलाई पिसिआर मेशिन चलाउन दिईएको आरोप



काठमाडौं, ७ असार । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता नभएका जनरल माईक्रोबायोलिजिष्टलाई पिसिआर मेशिन चलाउन दिईएको भन्दै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झामाथि गम्भीर आरोप लागेको छ । ल्याबमा काम गर्ने माइक्रोबायोलोजिष्टहरुले अनिवार्य रुपमा नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट लाईसेन्स लिनुपर्ने प्रावधान छ ।

तर, अहिले दर्ता नभएका जनरल माईक्रोबायोलिजिष्टलाई झाले काममा लगाएको आरोप छ । ७ दिनको तालिम दिएर उनीहरुलाई प्रयोगशालामा करार नियुक्ती दिइएको छ । ल्याबमा काम गर्ने माईक्रोबायोलिष्टहरुले लाईसेन्सबिना काम गर्न नपाउने प्रावधान छ । तर, अहिले त्रिविबाट गएका जनरल माईक्रोबायोलिजष्टलाई प्रयोगशालामा काम दिईएको छ ।

दर्तावालाहरुलाई पन्छाएर बिना दर्ता भएकालाई काम लगाईएको भन्दै परिषदबाट लाईसेन्स लिएकाहरुले विरोध गरिरहेका छन् । नेपाल मेकिडल काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाईसेन्स नै नलिएका जनशक्तिलाई काममा नलगाउनु भनेर पत्राचार गरिसकेको छ । तर, अहिलेसम्मपनि झाले सुनेकी छैन् । File Photo



प्रतिक्रिया दिनुहोस्