Logo

सुशान्तकी गर्लफ्रेन्डमाथि आत्महत्या दुरुत्साहनको आरोप, विहारका नेताहरुद्वारा सीबीआई जाँच माग



एजेन्सी, ७ असार । बलिउड नायक सुशान्त राजपुतको आत्महत्या दुरुत्साहनमा कलाकार रिया चक्रवर्तीमाथि मुद्दा दायर भएको छ । रिया सुशान्तसँग प्रेम सम्बन्धमा थिइन् भनिएको छ ।

विहार अदालतमा मुजफ्फरपुरका कुन्दन कुमारले दायर गरिएको रिटमा रियामाथि कारबाहीको माग गरिएको छ । कुमारले रियामाथि सुशान्तलाई आर्थिक र मानसिक शोषण गरेको आरोप लगाएका छन् । यसमाथि २४ जुलाईमा सुनुवाई हुने तय भएको छ ।

यो रियाविरुद्ध परेको दोस्रो रिट हो । यसअघि उनीसहित नायक सलमान खान, आदित्य चोपडा, करण जोहार, सञ्जयलीला भन्साली र एकता कपुरविरुद्ध दुरुत्साहनको रिट दायर भएको थियो ।

यसैगरी, सुशान्तको आत्महत्याले विहारमा धेरैलाई स्तब्ध पारेको छ । विहारमा जन्मिएका ३४ वर्षीय बलिउड नायकबारे त्यहाँका नेताहरुले पनि चासो लिएका छन् । सांसद लभ्ली आनन्द र पप्पु यादवले सीबीआई जाँचको माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्