Logo

सुनको मूल्य ९० हजार नाघ्यो, अहिलेसम्मकै किर्तिमान



काठमाडौं, ७ असार । सँसार कोरोना भाइरसको जोखिमसँग जुधिरहँदा सुनको मूल्य भने उकालो लागिरहेको छ । जोखिम बढेर उद्दोग व्यवसाय चौपट हुँदा लगानीकर्ताले सुनमा लगानी बढाउन थालेपछि मूल्य उच्च बिन्दुमा पुगेको छ ।

सुनको भाउ असार ७ गते आइतबार प्रतितोला ७ सय रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ तोकेको छ ।

गत शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ९४० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ९३० रूपैयाँमा कारोबार भएको थियो । मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्