Logo

लागूऔषध सहित पक्राउ



सर्लाही, ७ असार । नियन्त्रित लागूऔषध सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिष्णु गाउँपालिका चकवा चोकबाट नियन्त्रित लागूऔषध प्रोमिथाजाइन १७ पिस, डाइजेल्याव १७ पिस र नूफिन १७ पिस सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कौडेना गाउँपालिका सुकचैनाका बालमिकी महतो रसोनु मिश्र रहेका छन् । उक्त स्थानमा सिमा प्रहरी चौकी फेन्हराबाट खटिएको प्रहरीले बा.११ प ३७४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्