Logo

कमल थापाद्वारा दशौं लाखले लिएको नागरिकतामाथि आशंका, छानविन गर्न माग



काठमाडौं, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशौं लाखले लिएको नागरिकताको छानविन गर्न माग गरेका छन् । उनले दशौं लाखले लिएको नेपाली नागरिकतामा शंका व्यक्त गर्दै छानविनको माग गरेका हुन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले नागरिकता ऐन २०६३ को व्यवस्था अनुरुप दशौं लाखले विभिन्न प्रकारका नेपाली नागरिकता लिएको भनेका छन् । तीनजनाको सर्जमिन सिफारिशमा नागरिकता प्रदान गर्ने नागरिकता ऐनको समेत आलोचना गरे ।

उच्चस्तरीय न्यायिक आयोग गठन गरी यसबारे छानविन गर्नुपर्ने र अवैधरुपमा नागरिकता लिएकाहरुको नागरिकता प्रमाणपत्र रद्द गर्न माग गरे । उनले लेखेका छन्:
३जनाको सर्जमिन शिफारिसमा नागरिकता प्रदानगर्ने नागरिकता ऐन ०६३को व्यवस्था अनुरुप दशौं लाखले विभिन्न प्रकारका नेपाली नागरिकता लिएका छन्।उच्चस्तरीय न्यायिक आयोग गठनगरि यसवारे छानविनगर्न र अवैधरुपमा नागरिकता लिएकाहरुको नागरिकता प्रमाणपत्र रद्दगर्न राप्रपाले ०६४सालदेखि मागगर्दै आएको छ



प्रतिक्रिया दिनुहोस्