Logo

धारिलो हतियार प्रहार गर्ने पक्राउ



बारा, ७ असार । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा २ जना शनिबार राति पक्राउ परेका छन् । राजेश माझीलाई धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका बजनीका सुरज लामा र उनकै मामा पासाङ लामा रहेका छन् ।

सुरजसँगको सामान्य बादबिबादमा धारिलो हतियार प्रहार गर्दा माझी घाइते भएपछि ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ । घाइते माझीको अल्पाइन अस्पताल सिमरामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्