Logo

करिश्मा भन्छिन्ः सबैको स्वतन्त्रताको सम्मान गर



काठमाडौ, ७ असार । नायिका करिश्मा मानन्धरले सबैको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेकी छिन् । उनले आफ्नो स्वतन्त्रतामाथी अरुको शासन सहन नहुने भन्दै सबैको सम्मान गर्नुपर्नै बताएकी हुन् ।

मानिसको अर्को विशिष्ट गुण बिद्रोही पनि हो भन्दै उनले अनावश्यक दबाब भएमा बिद्रोहमा उत्रने सक्ने पनि चेतावनी दिएकी छिन् । उनले मानिस आफ्नो इच्छा अनुसार अरुमाथी अनावश्यक चाहना राख्दा अर्काको स्वतन्त्रताको पनि ख्याल गर्नु पर्ने औल्याएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मनिस सधैं आफुप्रती अरुको ध्यानाकर्षण गर्न चाहान्छ , त्यो मानिसको बिशिस्ट स्वभाव हो । मनिस अफ्ना नजिककाहरुबाट वास्ता चाहान्छ ,माया चाहान्छ, अलिअली चाकरी चाहान्छ , उनिहरुको बिशेष केन्द्रबिन्दु हौँ भन्ने चाहान्छ,

जब ऊ त्यो सब पाउँछ । आफुले भने जस्तो गरि सबै कुरा होस र सबैले आफ्नो कुरा मानुन भन्ने चाहान्छ , हुकुम चलाउन चहन्छ , सबै आफ्नो गुलाम सरह हुन भन्ने चाहान्छ र अन्त्यमा त्यो सम्बन्धमाथी शासन गर्न चाहान्छ ,तेहि नीर कुरा बिग्रन्छ ! तेहि स्वभावका कारण त्यो सम्बन्धबाट पाउने सम्मानको अन्त्येष्ति गर्छ ।’

करिश्मा मानन्धरले अगाडी लेखेकी छिन्, ‘उसले बिर्सिन्छ कि त्यो सामुन्नेको मानिसमा पनि उ जस्तै गुण निहित छ । मनिसको अर्को बिशिस्ट गुण भनेको उ बिद्रोही पनि हो । आफ्नो स्वतन्त्रतामाथि अरुको शासन सहन सक्दैन र बिद्रोहमा उतरिन्छ ।

अतहः सबैको व्यतिगत स्वतन्त्रताको सम्मान गरु । सबैको माया लिउ र माया दिउ । ’



प्रतिक्रिया दिनुहोस्