Logo

आत्मविश्वासले कोरोनालाई परास्त गर्न सकिन्छ : संक्रमित वडाध्यक्ष भट्ट



घोडाघोडी, ७ असार : कैलालीको गोदावरी नगरपालिका –१ का वडाध्यक्षले शर्मानन्द भट्टले कोरोनालाई पराजित गरेका छन् । नगरपालिकाका प्रवक्तासमेत रहेका उनी १५ दिनको उपचारपछि कोरोनाबाट निको भएका हुन् ।

उनले भने,“आत्मविश्वास बलियो बनाउँदा कोरोनालाई परास्त गर्न सकिने रहेछ । ” सङ्क्रमण देखिएपछि उनले नगरपालिकाले तयार गरेको आइसोलेशनमा उपचार गराएका थिए ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्