Logo

कोरोनादेवी र कोरोनामैयाँको पुजा, स्वास्थ्य मन्त्रालयद्वारा भ्रममा नपर्न आग्रह



काठमाडौं, ७ असार । देशमा कोरोनादेवी र कोरोनामैयाँको आविष्कार गर्दै पुजा गर्न थालिएको छ । विभिन्न स्थानमा जम्मा हुने र पुजा गर्ने गरिएको पाइएको छ । भगवान मानिसहरुसँग क्रोधित भई महामारी आएकाले खुशी पार्नुपर्ने भन्दै यस्ता गतिविधि भइरहेकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीरता देखाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित प्रेस ब्रिफिङमा भने, ‘कोरोनादेवी र कोरोनामैयाँ भन्दै नयाँ देवीको आविष्कार भएको भ्रम फैलाइएको जानकारीमा आएकोले त्यस्तो भ्रममा नपर्नुहुन अनुरोध गर्दछु ।’

उनले कोरोनादेवीको नाममा धार्मिक कार्यक्रम, नदीमा जम्मा भई पुजा आस्था जगाइएको पाइएको भन्दै अन्धविश्वासले झन् समस्यामा पार्ने बताए । सरकारले समुहमा जम्मा हुन प्रतिबन्ध लगाएको र संक्रमण बढ्ने खतरा हुने भन्दै सचेत हुन भने । उनले भने, ‘कोरोना भाइरस बिल्कु नयाँ भाइरस भउकाले देवी देवताको पुजा गरेर निको हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्