Logo

१७ सय ७२ जना संक्रमणमुक्त भई डिस्चार्ज



काठमाडौं, ७ असार । नेपालमा कोरोना भाइरसका संक्रमितमध्ये १७ सय ७२ संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म ९ हजार २६ जना संक्रमित भएकामध्ये १७ सय ७२ संक्रमणमुक्त भएका छन् ।आज एकै दिन १ सय ९४ जना डिस्चार्ज भएका छन् ।

संक्रमणमुक्त भएका मध्ये १६ सय २३ पुरुष र एक सय ४९ महिला छन् । हालसम्म २३ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
देशमा कोरोना संक्रमितको संख्या वृद्धिसँगै डिस्चार्ज हुनेको संख्या पनि बढिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्