Logo

कोरोना संक्रमणबाट गुल्मीका पुरुषको मृत्यु पुष्टि, संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुग्यो



काठमाडौं, ७ असार । कोरोना भाइरसको संक्रमणबाट गुल्मीका एकजना पुरुषको मृत्यु पुष्टि भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६९ वर्षीय मृतक उपचारका लागि भारत गई २५ जेठमा स्वदेश फर्किएका थिए । गुल्मीको छत्रकोट गाउँपालिका-५ महेन्द्रनाडा घर भएका उनी प्यारालाइसिस रोगको उपचारका लागि भारत गएका थिए ।

स्वदेश फर्किएपछि उनी होम क्वारेन्टाइनमा रहेकोमा ५ असार मा घरमै मृत्यु भएको थियो । मृत्युपछि उनको सोही दिन नमूना संकलन गरी पठाइएकोमा ६ असारमा कोरोना पुष्टि भएको थियो । उनको नेपाली सेनाले शव व्यवस्थापन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्