Logo

गर्भवती, रोजगारी गुमेकासहित ६ सय नेपाली युएईबाट फर्किए



काठमाडौ, ७ असार । वैदेशिक रोजगारीका लागि पुगेका छ सय नेपाली संयुक्त अरब इमिरेट्स (युएइ) बाट फर्किएका छन् । उनीहरु तीनवटा उडानमार्फत् आज फर्किएका हुन् ।

आज दिउँसो हिमालय एयरलाइन्सको जहाज एक सय ५१ यात्रु लिएर उत्रिएको हो । अपरान्ह फ्लाई दुबई र नेपाल एयरलाइन्सका चाटर्ड विमानहरु उत्रिएका छन् ।

आज फर्किएकामा गर्भवती महिला, बिरामी, आफन्त गुमेका, युएइमा रोजगारी गुमेका नेपालीहरु धेरै छन् । यसअघि हिजो र अस्ति गरी तीन सय नेपाली युएइबाट फर्किएका थिए ।

यसैगरी युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले असार ८, ९, १० र ११ गते पनि चाटर्ड उडानहरुमार्फत् नेपालीहरुको घर फिर्ती जारी रहने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot