Logo

पुटिन अर्को कार्यकाल पनि राष्ट्रपतिको उम्मेदवार बन्ने संकेत



एजेन्सी, ७ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार बन्ने संकेत गरेका छन् । उनले आफूले अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार नबन्ने विषयलाई अस्वीकार नगरेको बताएका छन् ।

रोसिया वन टेलिभिजनलाई रसिया, क्रेमलिन, पुटिन नामक चलचित्रका विषयमा अन्तवार्ता दिदै उनले नयाँ संविधान संशोधन भएमा आफूले अर्को कार्यकाल समेत राष्ट्रपतिका लागि उम्मेदवार बन्ने संकेत गरेका हुन् । उनले आफूले अहिलेसम्म निर्णय भने नगरिसकेको बताए ।

पुटिनले आफ्ना उत्तराधिकारीबारे भने घुमाउरो उत्तर दिए । उत्तराधिकारी बन्न खोज्नेतर्फ संकेत गर्दै काममा केन्द्रित हुन भने । उनको भनाई थियो, ‘उनीहरु उत्तराधिकारी खोज्नेभन्दा काममा केन्द्रित हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्