Logo

ओखलढुंगामा पहिलोपटक कोरोना संक्रमण देखियो



ओखलढुंगा, ७ असार । ओखलढुंगामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । जिल्लाको लिखु गाउँपालिकाका २८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबारसाँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

संक्रमित व्यक्ति लिखु गाउँपालिकाको क्वारेन्टाइनमा छन् । जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार उनलाई छुट्टै कोठामा राखिएको छ । भारतको गोरखपुरबाट आएका ती युवालाई सीधै क्वारेन्टाइनमा राखिएको थियो । यसअघि ओखलढुंगा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन । गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर पौडेलले १२ जनाको परिक्षण गरिएकोमा लिखु गाउँपालिका ३ का एक युवाको रिपोर्ट पोजेटिभ आएको जानकारी आफूले पनि पाएको हामीसँगको कुराकानीमा बताए ।

File Photo/reportersNepal.com



प्रतिक्रिया दिनुहोस्