काठमाडौ, असार ८ । कैलालीमा कोरोना पीसीआर रिर्पोट पोजेटिभ आएका तीन जना घर गएका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ का दुई र ९ का एक जना कोरोना संक्रमित आइतबार साँझ घर गएका हुन्।
कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा छुट्टै राखिएका एक जना बृद्धा, एक बालक र एक पुरुष भागेका हुन।
एक साता पहिले कोरोना भाइरसको परिक्षणका लागि थ्रोड स्वाबको नमुना संकलन गरिएकोमा उनीहरु मध्ये एक जना पुरुष आफै क्वारेन्टाइनमा आएपनि दुई जना भने फरार रहेको जनाइएको छ ।