Logo

गाउँगाउँ पुगे संक्रमित, समुदायमा फैलिने त्रास



काठमाडौं, असार ८ । भारतका विभिन्न ठाउँबाट आएकालाई गाउँगाउँमा बनाइएका क्वारेन्टाइनमा राखियो। केही दिनपछि आरडिटीरिपोर्ट नेगेटिभ आएकालाई मात्र होइन, पोजेटिभ आएकालाई समेत संकलित नमुनाको पिसिआर रिपोट नआउँदै घर पठाइयो। त्यस्ता नमुनाको रिपोर्टमा संक्रमणको पुष्टिभएपछि सुदूरपश्चिमका कैलाली, बैतडी, डडेल्धुरालगायत विभिन्न जिल्लाका गाउँगाउँपुगेर समुदायमा घुलमिल भएका संक्रमितखोज्न भ्याइनभ्याई भएको छ।

‘५८ जनाको पिसिआर जाँचका लागि नमुना संकलन गरेर पठायौं, दुईसाता रिपोर्ट आएन, चिकित्सकहरूले १४ दिन भइसकेकालाई घर पठाएपनि हुने भनेकाले घर पठायौं,’डडेल्धुरा गण्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले भने,‘घर पठाएको दुई दिन मात्र भएको थियो, तीमध्ये अधिकांशको रिपोर्टमा संक्रमणदेखायो।’ रोपाइँ गर्न जानेलगायत तिनीहरू गाउँमा घुलमिल गरिसकेका थिए।यी ५८ जना र अन्य पिसिआर जाँच गरेकामध्ये गण्यापधुरा गाउँपालिकामा मात्र ५७जनामा संक्रमण देखिएको छ।‘सरकारको निर्देशिकाले १४ दिनपछि घर पठाउँदाहुन्छ, जाँच नगरे पनि हुन्छ भनेकाले हामीलाई समस्या भयो,’ उनले भने, ‘गाउँगाउँमा गएका संक्रमितलाई खोजेर ल्याई आइसोलेसनमा राखिरहेका छौं।’

गाउँगाउँमा उनीहरू घुलमिल भइसकेकाले उनीहरूबाट कतिजनामा संक्रमण स¥यो भन्न सकिने अवस्था छैन। उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर सम्पर्कमा आएकाको आरडिटीगर्ने र पोजेटिभ आए पिसिआर गर्नेकुरा भइरहेको उनले बताए।

यो डडेल्धुराको मात्र समस्या नभई सुदूरपश्चिममा पिसिआर जाँचका लागि संकलन भएको नमुनाको रिपोर्ट दुई÷तीन सातासम्म पनि नआएपछि क्वारेन्टाइनबाट घरघर पठाउँदा अहिले संक्रमण पुष्टिभएका सबैतिर यो जटिल समस्या देखिएको छ। कैलालीको घोडाघोडी नगरपालिकामा पनि क्वारेन्टाइनबाटआठ दिनअघि घर फर्केका २० जनामा कोरोनाको संक्रमण पुष्टिभएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्