Logo

सय रूपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने



काठमाडौँ, ८ असार : सरकारले लिम्पियाधुरा सहितको नेपालको निशान छाप परिवर्तन गरेपछि सय रूपैयाँको नयाँ नोट पनि परिवर्तन हुने भएको छ । अहिले भइरहेको सय रूपैयाँको नोटमा लिम्पियाधुरा भएको निशान छाप नभएकोले परिवर्तन गर्नु पर्ने भएको हो ।

अब सय रूपैयाँको नोट छाप्दा लिम्पियाधुरा सहितको नेपालको नक्सा राख्नु पर्ने छ ।

यसैगरी, नागरिकता, पासपोर्ट, सांसदको लोगो, सरकारी कर्मचारीका परिचयपत्र र लाइसेन्सको लोगो पनि परिवर्तन गर्नु भएको छ । लिम्पियाधुरा समेटिएको नक्सा राख्न संविधान संशोधन भएपछि नयाँ निशान छाप प्रयोगमा आएको हो ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्

Screenshot