एजेन्सी ८ असार। भारतले कोरोनाभाइरस विरुद्धको औषधी पत्ता लगाएको दावी गरेको छ। भारतीय कम्पनी ग्लेनमार्क फार्मास्यूटिकल्सले कोरोनाविरुद्धको औषधी पत्ता लगाएको दावी गरेको हो ।
ग्लेनमार्क फार्मास्यूटिकल्सले कोरोनाका हल्का देखि मध्यम बिरामीको उपचारका लागि फैबिफ्लू ब्रान्ड अन्तर्गत एन्टिवाइरल औषधी पेश गरेको छ । कम्पनीले शुक्रबार औषधी उत्पादन र बजारका लागि भारतको कन्ट्रोलर जनरल डीजीसीआइबाट अनुमति प्राप्त गरीसकेको छ ।
कम्पनीका अनुसार कोरोनाको उपचारको लागि पहिले खानुपर्ने औषधी फेवीपिरावीर हो । उक्त औषधी बजारमा प्रति ट्याब्लेट एक सय तीन रुपैयाँको दरमा उपलब्ध हुनेछ। कोरोना औषधि र खोपका निर्माण का लागि शक्तिशाली देशहरु लागीपरेका छन्। सबै देशको खोप वा औषधि परिक्षण कै क्रममा रहेर्को छ।