
काठमाडौं ८ असार । नेपालमा विगत २४ घण्टामा तीन सय ७० जना कोरोना परास्त गर्न सफल भएका छन्।
दाङ अस्पतालबाट ६, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्पतालबाट २८, दैलेख अस्पतालबाट २६५, सल्यान अस्पतालबाट ३७, नारायणीबाट ११ र धादिङ अस्पतालबाट १७ जनाले कोरोना परास्त गर्न सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म दुई हजार १४२ जना कोरोना परास्त गर्न सफल भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी नेपालमा कुल संक्रमित संख्या नौ हजार पाँच सय ६१ पुगेको छ ।File Photo