Logo

रसुवाबाहेक ७६ जिल्लामा फैलियाे काेराेना संक्रमण



काठमाडौँ ८ असार : नेपालमा आज (सोमबार) पाँच सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये चार सय ६१ जना पुरुष र ७४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिएका हुन् ।

त्यसैगरी दुई हजार एक सय ४२ जना कोरोना परास्त गर्न सफल भएका छन्। नेपालमा कोरोनाको संक्रमण ७६ वटा जिल्लामा पुगेको छ। बागमती प्रदेशको रसुवा बाहेक अन्य सबै जिल्लामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्