Logo

रेखा थापा भन्छिन्ः व्यबस्था बदलिए पनि चरित्र उस्तै



काठमाडौ, ८ असार । चर्चित नायिका रेखा थापाले देश काममा होइन बादबिबाद प्रतियोगितामा अल्झिएको आरोप लागेकी छिन् । उनले नेपालमा व्यवस्था बदलिए पनि चरित्र र अवस्था भने पुरानै रहेको गुनासो गरिन् ।

सबैले आफ्नो मात्र दुनो सोझ्याउने र आफ्नो स्थान मात्र सुरक्षित रहने क्रम यसरी नै बढ्दै गएमा भविष्यमा खतरा हुने पनि रेखाले बताएकी छिन् । चलचित्रको साथै राजनीतिमा लागेकी रेखाले पछिल्लो समय अन्याय र महिलाको पक्षमा आवाज उठाउदै आएकी छिन् । हाल उनी लकडाउनको कारण फुर्सदमा छिन् । उनले दिनहु सामाजिक सञ्जाल मार्फत देशमा भएका सामाजिक र राजनितिक घटनाको बारेमा स्पष्ट रुपमा आफ्नो कुरा राख्दै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्