काठमाडौं, ८ असार । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो अहिले राष्ट्रिय, राष्ट्रवाद र जनता हारेको तर्क गरेका छन् । नागरिकता विधयेकप्रति उनको तिव्र असन्तुष्टि रहेको छ । विदेशीलाई नागरिकता दिएर नेपाललाई फिजीजस्तै बनाउन खोजिएको आरोपप्रति उनले मधेशबाट नभई अन्य ठाउँबाट त्यस्तो हुने तर्क गरे । यसै सेरोफेरोमा महतोसँग ऋषि धमलाले गरेको कुराकानीः
कोरोना भाइरसले जनता आक्रन्त भएको बेला तपाईंहरु आन्दोलनमा किन ?
यो पार्टीको निर्णयबाट भएको स्वःस्फूत रुपमा जनता, कार्यकर्ता सडकमा आएका हुन् । यो अस्वभाविक निर्णय भएको हो । राज्य व्यवस्था समितिबाट भावनामाथि आघात पु¥यो । त्यसको विरुद्धमा भएको आक्रोश हो ।
यो पार्टीको आधिकारिक निर्णय होइन ?
पार्टीको आधिकारिक निर्णय पनि आउन सक्छ । तर, अहिले नै त्यो हदसम्म पुगिसकेको छैन । यो चाहीं स्वःस्पूmर्त रुपमा जनताको प्रतिक्रिया आएको हो ।
वैवाहिक अंगीकृतको कुरा उठाउँनुभएको छ, अधिकार त तपाईं सबैको अधिकार पाउँदापाउँदै किन आत्तिनुभएको हो ?
यो गलत भएको छ । अहिले नेपाल कम्युनिस्ष्ट पार्टीले बहुमतको बलमा राज्य व्यवस्था समितिमा जितेर अहंकार देखाउन सक्छ । अहिले राष्ट्रियता, राष्ट्रवाद र जनता हारेको छ । जनताको भावनामाथि कुठाराघात भएको छ । करोडौं जनतामाथि राज्यले अविश्वास ग¥यो । त्यो हिसाबको निर्णय भयो ।
तपाईंहरुले पनि संविधान बनाउने बेलामा किन ख्याल नगरेको त अहिले त बहुमतले पारित भएको छ नि राज्यव्यवस्था समितिमा नागरिकता विधेयक ?
बहुमतको दम्भ देखाएर विजय प्राप्त गरियो, त्यो नेपाल कम्युनिष्ट पार्टीलाई लागेको छ । यसले राष्ट्रियता, राष्ट्रवाद र जनता हारेको छ । करोडौं जनताको भावनामाथि कुठाराघाट भएकाले देश र जनताको लागि राम्रो भएन । वैवाहिक अंगिकृतको लागि अहिले ७ वर्षको प्रावधान त गुमराहमा छ । अंगिकृतको लागि भारतमा केही न केही वर्ष राखेको त्यसकारण हामीले पनि नेपालमा राख्यौं भनेर कम्युनिष्ट पार्टीले भन्न सक्ने भयो । तर, नेपालको आफ्नो वस्तुस्थितमाथि ध्यान दिइएन । नेपाल देश बनेसम्म अहिलेसम्म जेजति नियम, कानुन बन्यो । त्यसमा यसभन्दा अघि कसैले पनि संस्कार, संस्कृतिमाथि प्रहार गरेन । करोडौं नेपाली जनता जो सीमा क्षेत्रमा बसेका छन् । उनीहरुको भावना, संस्कार, संस्कृति, रोटीवेटीको सम्बन्ध छ । त्यसमा यसअगिका कुनै पनि शासक, सरकारहरुले प्रहार गर्ने प्रयास गरेन । अहिलेका कम्युनिस्ट भनाउँदाहरुले बहुमतको दम्भ देखाएर त्यहाँका जनताको भावना, संस्कार, संस्कृति र अधिकारमाथि प्रहार गरिरहेका छन् । सदीयौंदेखि रहेको जुन सम्बन्ध हो त्यसले हाम्रो राष्ट्रियतामाथि कुनै असर गरेको थिएन । वैवाहिक सम्बन्धन हाम्रा छोरीबेटीहरु जब बिहे भएर आउँछन् । उनीहरुले आफ्नो बाबु, आमा, दाजुभाइलगायत सबैलाई छोडेर जुन ठाउँमा विहे हुन्छ । त्यसलाई आफ्नो घरको कमस खाएर आएको हुन्छ ।
हिजो लिपुलेक, लिम्पियाधुरा र कालापानीमा एकजुट हुँदा तपाईंहरुलाई राष्ट्रवादी भनेका थिए, अहिले आएर राष्ट्रघाती भन्न थाले नि ?
त्यति आफ्नो भूमि, राष्ट्रियता, राष्ट्रवादको कुरा थियो । त्यस बेलामा हामी सबै दल एक ठाउँमा उभिएर राष्ट्रवादको समर्थन गरेका हौं । अहिले पनि राष्ट्रवाद कै कुरा हो । अहिले नेपाल कम्युनिष्ट पार्टीले नेपालको संविधान र नेपाली जनतामाथि राष्ट्रघात गरेको छ । राष्ट्रघातको विरुद्धमा उभिनुपर्छ । यो नेपाली जनता र राष्ट्रियताको हितमा होइन । एउटै परिवारभित्र राष्ट्रियतालाई विभाजन गर्ने काम नेपाल कम्युनिस्ट पार्टीले ग¥यो । अहिले त हाम्रो राष्ट्रियतालाई संकटमा पार्ने काम नेपाल कम्युनिस्ट पार्टीले ग¥यो । त्यसैले राष्ट्रियताको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टीले काम गरेको छ । यो कम्युनिस्ट पार्टीले देशलाई कता लान खोजिरहेको छ ।
नेपालको चेलिले भारतमा विवाह गर्दा नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने अनि भारतीय चेलीले नेपालको बुहारी बनेर आउँदा चाहीं आजै नागरिकता पाउने ?
हो यस्तो भनेर नाक नफुलाउनुस् । आफ्नो जनताको वस्तुस्थिति पनि हेर्नुहोस् न । आफ्ना देशको जनताको भावनालाई हेर्नुप¥यो । काठमाडौमा बसेर सीमाक्षेत्रमा बस्ने जनताको भावनामाथि खलवाड गर्न पाइँदैन । ती सीमा क्षेत्रमा बसोबास गर्ने करोडौं जनता पनि राष्ट्रियता हो । उनीहरुको भावना पनि राष्ट्रिय भावना हो । नेपाल भारतबीचको सम्बन्ध केपी ओलीले मात्रै बनाएको होइन । त्यो सम्बन्ध जनताले जनस्तरबाट बनाइदिएको हो । यो सम्बन्ध परापूर्व कालदेखि बनेको हो । त्यसबेलादेखि जनता–जनताबीच बनेको सम्बन्धले राष्ट्रियतालाई आघात पुगेको थिएन । अहिले आएर नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियतामाथि आघात पु¥यायो । काठमाडौंमा बसेर नसलीय चिन्तनमा देशलाई भड्खालोमा हाल्ने, जनताको भावनामाथि प्रहार गर्ने काम भएको छ । यो काम नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा बसेर नसलीय चिन्तनको आधारमा गरिएको छ ।
अब नागरिकता पाउने बाटो त खुल्यो नि ?
यहाँ नागरिकता खुल्ने बाटो होइन । जनताको भावनामा खेलवाड भएको छ । राष्ट्रियतामाथि खेलवाड गर्नुहुँदैन । प्रत्येक परिवारमा राष्ट्रियतामाथि खेलवाड गर्ने यो कम्युनिस्ट पार्टीले । यसले घरघरमा राष्ट्रियताको विभाजन गरेको छ । जस्तो श्रीमान्, श्रीमती, छोराछोरी, आमा, बाबाबीचमा राष्ट्रियता विभाजित भएको छ । त्यो आमाबाट के संस्कार, भावना समाज, देशले पाउँछ । नेपालमा पनि ७ वर्ष नेपालमा ७ वर्ष थियो । यसमा एउटा संस्कार र संस्कृति बनिसकेको थियो । त्यसमाथि नै प्रहार गरिएको छ ।
नेपाललाई फिजी बन्नबाट जोगाउन यो नागरिकता ऐन आएको रे ठीक हो ?
यस्तो खालको प्रश्न सोध्नु हुँदैन । नेपाललाई फिजी बनाउने भन्ने कुरा कल्पना पनि गर्न सकिँदैन । किन यहाँको संस्कार, संस्कृति, जनता सबैलाई हेर्दा । मधेसका जनतालाई हिजो कमाउ, गडवालबाट आएको जस्तो जनता सोच्नुहँदैन । मधेसीहरुले त मधेसमा बसोबास गरेका छन् । उनीहरुको संस्कार, संस्कृति, रहनसहन जोडिएको मात्रै हो । राष्ट्र, राष्ट्रियतामा शंका गर्न मिल्दैन । जसरी मधेसी जनतामाथि फिजीकरणको शंका गरिएको छ । यदि फिजी भयो मधेसबाट होइन अन्य ठाउँबाट हुन सक्छ । मधेस भनेको भूमि हो । कहिले यता भएको होला कहिले उता भएको होला तर जनता यताउता भएका छैनन् । सीमामा बस्ने नेपाल र भारतीयहरुको गाउँगाउँ, छिमेकीछिमेकीको सम्बन्ध हो । FILE PHOTO/MUKUNDA KALIKOTE/ReportersNepal