Logo

क्वारेन्टाइनबाट फर्किएका युवकको मृत्यु



मेलम्ची, ९ असार । बलेफी गाउँपालिका –४ का युवकको मृत्यु भएको छ । चौध दिन क्वारेन्टाइन बसेर फर्किएका उनको आज मृत्यु भएको हो ।
क्वारेन्टाइनबाट पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

भारतबाट फर्किएका उनलाई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो । मृत्युको कारण भने खुलिसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्