Logo

गाउँलेको दुर्व्यहार झेलेका पासवान भन्छन्ः कमजोर मुटुका मान्छे भए आत्महत्या गरिसक्थ्यो



काठमाडौ, ९ असार । संक्रमण पुष्टि भएको २० दिनपछि आइसोलेसन वार्डबाट डिस्चार्ज हुँदा धनुषाको वटेश्वर गाउँपालिकाका राकेश पासवान खुसीले गदगद थिए । कोरोनालाई मात दिएर भारतको अहमदाबादबाट फर्किएको २८ दिनपछि घर फर्किन लागेको खबर सुनेपछि उनको परिवार, आफन्त र इष्टमित्रहरु समेत दंग थिए ।

छोरा संक्रमित भएको थाहापाएदेखि समाजबाट घृणित भएका उनका आमाबुवा र परिवार करिब एक महिनापछि बल्ल चैनका श्वाँस लिन भ्याएका थिए । संक्रमण पश्चात कुनै लक्षण नदेखिएपछि सोही गाउँका अन्य दुइजना सहित उनलाई एक साता होम आइशोलेसनमै बस्नेगरी चिकित्कले घर पठाएका थिए ।

‘हामीलाई भाइरस लागेको कहिल्यै भान नै भएन । आइशोलेसनमा ट्वाइलेट र रहनसहनको व्यवस्था क्वारेन्टिन भन्दा पनि खतम थियो । त्यहाँ सबैजना संक्रमित मात्र बसिरहेकाले जोखिम पनि धेरै थियो । त्यसैले हामीपनि घरमै बस्दा सुरक्षित हुन्छौँ भनेर फर्कियौ,’ पासवानले भने ।

गएको शनिवार दिउँसो करिब १ बजे लक्ष्मिनियास्थि सिटिइभीटी कलेजमा संचालित आइसोलेसनबाट डिस्चार्ज भएका तीनैजना एक घण्टा पैदलै हिडेर वटेश्वर गाउँपालिका—५ स्थित काली जनज्योती आवासिय विद्यालमा संचालित क्वारेन्टिनमा आइपुगे ।

‘घर फर्किन पाउँदा हामीलाई खुशीको सिमै थिएन् । जेलघरबाट कतिखेर घर पुगुजस्तो मनमा थियो तर फोनमा मैले कुरा गर्दा गाउँका मानिसहरुले आमाबुवालाई पहिले बसिरहेकै क्वारेन्टिनमा बस्न भन्नु भनेपछि हामी तीनैजना खेतको बाटो हुँदै क्वारेन्टिन पुग्यौँ,’ पासवानले सुनाए । नागरीकबाट



प्रतिक्रिया दिनुहोस्