काठमाडौं, असार ९ । सुदूरपश्चिम प्रदेशमा कार्यरत थप दुई जना प्रहरीमा कोरोना पुष्टि भएको छ। अछाम र बाजुरामा कार्यरत दुई जना प्रहरी जवानमा कोरोना पुष्टि भएको हो ।
दुबै प्रहरी जवानको सम्बन्धित जिल्लाको आईसोलेसनमा राखेर उपचार भईरहेको छ। यसअघि सुदूरपश्चिममा कार्यरत दुई जना महिला प्रहरीसहित तीन जना प्रहरीमा कोरोना पुष्टि भएको थियो। ति मध्ये दुई जना संक्रमित महिला प्रहरी भने कोरोनालाई जितेर डिस्चार्ज भईसकेका छन्।