काठमाडौं, ९ असार । शान्ति समाज, नेपालका अध्यक्ष तथा अधिकारकर्मी कृष्ण पहाडीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा. युवराज खतिवडाको कारण प्रधानमन्त्री केपी शर्मा ओली धेरै बद्नाम भएको टिप्पणी गरेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पहाडीले यस्तो बताएका हुन् ।