Logo

दक्षिण कोरियामा कोरोना दोश्रो चरण सुरू,४६ जना नयाँ संक्रमित भेटिए



एजेन्सी ९ असार : दक्षिण कोरियामा कोरोना भाइरसको दोश्रो चरण सुरू भएसँगै देशभरबाट ४६ जना नयाँ संक्रमित भेटिएका हुन्। ती मध्ये ३० जना विदेशी रहेका छन् ।

दक्षिण कोरियामा कोरोनाको पहिलो लहर सन् २०२० को अप्रिल महिनामा अन्त्य भएको थियो। दोश्रो चरण सुरू भएसंगै दक्षिण काेरियामा कोरोना संक्रमण उकालो लाग्दै गएको छ । यद्यपी अन्तराष्ट्रिय मापदण्ड अनुसार यस देशमा संक्रमितको संख्या कम रहेको छ। पछिल्लो महिनामा प्रत्येक दिन जसो ३५ देखि ५० नयाँ संक्रमण थपिएका थिए ।

दक्षिण कोरियाले कोरोना नियन्त्रणमा सक्षम रहेको बेला देशमा कोरोना पुनः देखिएको हो। लकडाउनका उपायलाई पन्छाउँदै यस देशले सामाजिक दुरीका नियम, आक्रमक ट्रेसिङ,ट्रयाकिङ र परीक्षणका उपायहरु अपनाएको थियो। हालसम्म कोरियामा १२ हजार जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो भने दुई सय ८० जनाको मृत्यु भएको छ । अवस्था भयाबह हुन सक्ने संकेत देखिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot