काठमाडौं, ९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमेरशकुमार सिंहले सर्लाही रामनगरका रामजनम रायको बेवारिसे शव फेला परेको घटनाका सम्बन्धमा प्रहरीले राजनीतिक दबाबमा निर्दोष व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाएको भनी आपत्ति जनाउँदै निष्पक्ष छानबिनको व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले कानूनी राज्यअनुसार सरकार र सरकारी संयन्त्र चल्न नसकेको आरोप लगाए । सांसद सिंहले नेपाल प्रहरीलाई नेकपा प्रहरीको रुपमा परिचालन गरिएको गम्भीर आरोप लगाए । File Photo