Logo

गाँजा सहित पक्राउ



सर्लाही, ९ असार । गाँजा सहित किरण लामा सोमबार साँझ पक्राउ परेका छन् । लालबन्दी नगरपालिका स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित हरिवन नगरपालिकाका लामालाई प्रहरीले पक्राउ गरेका हो ।

नवलपुरतर्फ जाँदै गरेको ना.६२ प ९७५९ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक लामालाई उक्त परिमाणको लागूऔषध सहित नवलपुरबाट खटिएको प्रहरीले हरिवनबाट फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्