Logo

बामदेवलाई रोजेको मन्त्रालय दिने ओलीका प्रस्ताव



काठमाडौं, ९ असार । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि रोजेको मन्त्रालयसहित उपप्रधानमन्त्री पदको प्रस्ताव गरेका छन् । उनले आज गौतमलाई बालुवाटारमै डाकेर उक्त प्रस्ताव गरेका हुन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले भविष्यमा प्रधानमन्त्री बनाउन सहयोग गर्ने देखि अहिलेलाई राष्ट्रियसभा सदस्य मनोनित गरी उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालयको जिम्मेवारी लिन भनेका थिए । यसका लागि उनले आफूलाई एमसीसी पारित गर्न सघाउन आग्रह गरेका थिए । तर, गौतमले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेको बुझिएको छ ।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सदस्य पद खाली रहेको छ । उक्त पद गौतमलाई दिलाएर अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा लाने ओलीको रणनीति छ । तर, यो रणनीति कार्यान्वयनमा जान खोज्दा पनि संवैधानिक अड्चन आउनसक्ने देखिन्छ ।

एमसीसी पारित गर्न सचिवालयमा गौतमको साथ भएमा ओली सफल हुने सम्भावना बलियो छ । त्यस्तो अवस्थामा स्थायी कमिटिमा पनि ओली बलियो हुनपुग्नेछन् । तर, गौतमले आफूलाई पटक पटक धोका भइसकेकाले अब कुनै प्रभावमा नपर्ने र एमसीसीको विपक्षमा उभिने प्रष्ट पारिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्