Logo

काठमाडौँमा उपचाररत महिलामा कोरोना पुष्टि, गाउँ सिल



उदयपुर, १० असार । उदयपुरको गाईघाटकी एक महिलामा मङ्गलबार कोरोना सङ्क्रमण देखिएपछि घर आसपासमा सिल गरिएको छ । उपचारको लागि काठमाडौँ पुगेकी ५४ वर्षीया महिलामा पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि गाईघाटस्थित घर र आसपासको क्षेत्रमा सिल गरिएको हो ।

गाईघाटको पुरानो पेट्रोल पम्प एसके पेट्रोलपम्प छेउमा रहेको सङ्क्रमितको घर र घरदेखि १५० मिटर आसपासको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिल गरेको हो । सिल गरिएको क्षेत्रलाई सुरक्षा घेराभित्र राखिने जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताउनुभयो । सुरक्षाभित्रको क्षेत्रमा कसैलाई प्रवेश गर्न र भित्रकालाई बाहिर निस्कन दिइँदैन ।

गत जेठ ३० गते गाईघाटदेखि उपचारको लागि विराटनगर हुँदै असार १ गते काठमाडौँको न्यूरो हस्पिटल पुगेको बुझिएको छ । उनी प्रेसरको बिरामीका कारण उपचारका लागि गएको बुझिएको छ । आजभन्दा १२ दिनअघि गाइघाटबाट हिँडेको देखिन्छ । उनलाई सङ्क्रमण कहाँ भयो भन्नेबारे प्रष्ट हुन सकेको छैन । कोरोना पुष्टि भएपछि उनलाई काठमाडौँको टिचिङ हस्पिटल लगिएको बुझिएको छ । महिलामा कोरोना पुष्टि भएसँगै गाईघाट बजारमा सन्त्रास फैलिएको छ ।

योसँगै उदयपुरमा सङ्क्रमितको सङ्ख्या ५३ पुगेको छ । सबैभन्दा पहिले उदयपुरको त्रियुगा नगरपालिकाअन्तर्गत भुल्केमा ३२ जना कोरोना सङ्क्रमित भेटिएका थिए । पुस २ गते गाईघाटको शान्तिनगरटोलमा एक जनामा सङ्क्रमण भेटिएको थियो । भुल्के र शान्तिटोलका सबै निको भएर फर्किसकेका छन् । भारतबाट आएकालाई मोतीगडा क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा

त्यहाँ आठ जनामा कोरोना पुष्टि देखिएको थियो । आज फेरि गाईघाटको पुरानो पेट्रोलपम्प छेउका महिलामा कोरोना सक्रमण देखिएको हो ।
जिल्लाको बेलका नगरपालिकामा पाँच जना सङ्क्रमित देखिएका छन् । उनीहरू सबै भारतबाट आई क्वारेन्टानमा परीक्षण गर्दा पत्ता लागेका हुन् । उनीहरूमध्ये एक जना महिला निको भएर फर्किसकेकी छिन् । कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा दुईरदुईजना भेटिएका छन् । उनीहरू पनि भारतबाटै आएका हुन् ।

ताप्ली गाउँपालिकाका एक जना सङ्क्रमित पनि भारतबाटै आएका हुन् । चौदण्डीगढी नगरपालिकाका एक जना भने स्थानीय हुन् । वडा नं। ५ सिवाईका उनी निको भएर फर्किसकेका छन् ।
उदयपुर जिल्लामा गत जेठ ५ गतेबाट कोरोना सङ्क्रमण फेला पर्न थालेको हो । सबैभन्दा पहिले त्रियुगा नगरपालिका (३ भुल्केमा जमाती समूहका १२ जनामा एकैचोटी सङ्क्रमण पुष्टि भएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्