Logo

गृहले दियो उपत्यका प्रवेश गर्नेलाई १४ दिन क्वारेन्टाइनमा राख्‍न निर्देशन



काठमाडौं, १०असार । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गर्नेलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा राख्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले मंगलबार उपत्यका भित्रिएका सर्वसाधारण क्वारेन्टाइनमा बसे नबसेको अवस्था बुझ्ने र लक्षण देखा परेपछि मात्रै पीसीआर परीक्षणका लागि अस्पताल जाने व्यवस्था मिलाउन तीन जिल्लाका सिडियोलाई निर्देशन दिएको छ।

पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेको स्वास्थ मन्त्रालयले गृहलाई अवगत गराएको छ।

गृहले स्वास्थ्यकै परिपत्रलाई आधार मान्दै पीसीआर परीक्षणमा चिकित्सक र स्वास्थ्यकर्मीलाई अनावश्यक दबाब नदिने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार गृहलाई पत्राचार गर्दै पीसीआर परीक्षणका लागि सर्वसाधारणले चिकित्सक र स्वास्थ्यकर्मीलाई दबाब दिएको उल्लेख गरेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्