एजेन्सी, १० असार । रुसी नागरिकलाई कोरोना भाइरस खोप उत्पादन सुरु नभएसम्म स्वयं सर्तकता अपनाउन रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको आग्रह रहेको छ । महामारीको भाइरस खतरनाक रहेको कारण यसप्रति गम्भीर कदम नागरिकले चाल्न आवश्य रहेको राष्ट्रपति पुटिनले मंगलबार रुसी नागरिकलाई सम्बोदन गर्दै बताएका थिए ।
रुसी सरकार भाइरसको फैलावलाई न्यूनीकरण गर्न र खोपको निर्माणमा गती दिइरहेको जनाइएको छ । महामारीको शैलावलाई न्यूनीकरण गर्न हरप्रयास गरिरहेको पुटिनले जीकिर गरे । तर, भाइरस खतरनाक रहेको कारण नागरिक आफ्ै सचेत र सावधानी आपनाई सरकारलाई सघाउन राष्ट्रपतिले आग्रह गरेका छन् । हजारौँ मानिसहरु हरेक दिन भाइरसको सामाना गरिहरहेका छन् भाइरसको खोप उत्पादन नभएसम्म संकटलाई बुझि नागरिकलाई गम्भीर हुन आग्रह उनको रहेको छ ।
हाल १४ रुसी संघीय अनुसन्धान केन्द्रहरुले कोरोना भाइरस खोप निर्माण गर्ने काम गरिरहेको र पहिलो नमूनाहरुको क्लीनीकल परिक्षण सुरु भइसकेको उनले बताए । भाइरसविरुद्वको खोप तयार नभएसम्म सरकारले लागु गरेका सिद्वान्तहरुलाई पालना गर्नु मह्त्वपूर्ण रहेकोमा पुटिको जोड थियो । खोप महत्वपूर्ण छ तर, भाइरसको रोकथाममा सेनेटरी र विभिन्न उपायहरु अवलोकन गरेर मात्र रोक्न सकिने जनाइएको छ ।